दफा ७
सञ्चालकको अयोग्यता
देहायका अवस्थामा कुनै व्यक्ति सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन पाउने छैनः–
(क) एक्काइस वर्ष उमेर नपुगेको, वा
(ख) बौलाएको वा मगज बिग्रेको, वा
(ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको, वा
(घ) सरकारी नोकरीको निमित्त भविष्यमा सामान्यतः अयोग्य ठहरिने गरी बरखास्त गरिएको,वा
(ङ) कुनै नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट सजाय पाएको, वा
(च) संस्थानको कुनै ठेक्का पट्टा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएको, वा
(छ) संस्थानको कर्मचारीको रूपमा बहाल रहेको ।